नेपाल बङ्गलादेश बैंकका ग्राहकलाई स्टार अस्पतालमा १५ प्रतिशतसम्म छुट



काठमाण्डौ । नेपाल बङ्गलादेश बैंक लि. र स्टार अस्पताल, काठमाण्डौ बीच अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार स्टार अस्पतालले नेपाल बङ्गलादेश बैंक लि.द्वारा जारी भएका डेविट\क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवामा १० देखि १५ प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ ।

सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र स्टार अस्पतालका प्रमुख सञ्चालन अधिकृत सन्देश जीसी हस्ताक्षर गरेका थिए ।


क्लिकमान्डु