बिजी मल, बालाजुमा सामसुङको आधिकारिक सेवा केन्द्र शुरु



काठमाण्डौ । बिजी मल, बालाजुमा सामसुङको आधिकारिक सेवा केन्द्र शुरु भएको छ ।

नेपाल अधिराज्य भरी १४ ओटा सेवा केन्द्र भएको, आइएमएस केयरले आफ्नो १५ औं सेवा केन्द्र बि.जी मल बालाजुमा सुरु गरेको हो ।

सो सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा, सामसुङका कार्यकारी निर्देशक युबियम वोन र आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले गरे ।

कार्यक्रममा बोल्दै आइएमएस ग्रुपका अध्यक्ष मल्होत्राले “हाम्रा अमूल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्री पछिको सेवा प्रदान गर्नु हो” भने ।


क्लिकमान्डु