एभरेष्ट बैंकका कर्मचारीलाई तालिम दिन एनबीआईसँग संझौता



काठमाण्डौ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) लि. र एभरेष्ट बैंक लि. बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार एनबीआईले एभरेष्ट बैंक लि.का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । एभरेष्ट बैंक लि. ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख बराबरको वार्षिक तालिम संचालन गराउने बताएको छ ।

सम्झौतापत्रमा एभरेष्ट बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृतसोमेश्वर सेठ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु