पूर्वराजदूत झा मृत फेला, घटना रहस्यमय



काठमाडौँ । फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झा मृत फेला परेका छन् । काठमाडौँ महानगरीय प्रहरी परिसरका अनुसार ८० वर्षीय झा बबहरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका हुन् ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पूर्व राजदूत झाको निधन नभइ हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए । “घटनाको प्रकृति हेर्दा हत्या भएको देखिन्छ,”–उनले भने ।

मृतक झाको टाउको र घाँटीमा चोटपटक लागेको छ । श्रीमती र सुरक्षागार्ड घरमा भएका बेला उनको अकस्मात हत्या भएको देखिएकाले गहिराइमा पुगेर अनुसन्धान गरिरहेको प्रहरी प्रमुख लामाले बताए ।

झाले परराष्ट्र सेवामा ३४ वर्ष बिताएका थिए ।


क्लिकमाण्डू