एनसीसी बैंक र सन नेपालबीच बैंंकास्योरेन्स सम्झौता



काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) र सन नेपाल लाईफ ईन्स्योरेन्स बीच बैंकास्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सन नेपाल लाईफ ईन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सन नेपाल लाईफ ईन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु