ज्योति रेमिट सेवाका लागि देवः विकास बैंकसँग सम्झौता



काठमाण्डौ । ज्योति विकास बैंक लि. र देवः विकास बैंक लि. बिच रेमिट सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्पmबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा देवस् विकास बैंकका तर्पmबाट प्रमूख कार्यकारी अधिकृत बिजयबहादुर श्रेष्ठले हस्ताक्षर गरे ।

ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा देवस् विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट रेमिटेन्स सेवा प्राप्त गर्न सकिने भएको छ ।

हाल ज्योति विकास बैँक को ६० वटा शाखा रहेका छन् भने यस आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा आउँदैछन । यस सम्झौतापश्चात देवस् विकास बैँकका ५१ शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने बताइएको छ ।


क्लिकमान्डु