सिप्रदीको आयोजनामा रोड सेफ्टी फेन्सी ड्रेस प्रतियोगिता, रुपि स्कूलले पायो उपाधी



काठमाण्डौ । टाटा मोटर्सको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले सडक सुरक्षा फेन्सी ड्रेस प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभागृहमा ‘सुरक्षाका लागि पोशाक लगाऔं’ भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा राजनबाबु श्रेष्ठले उपस्थित सबै अतिथिलाई स्वागत गर्दै सबै सहभागीलाई शुभकामना दिए ।

उक्त कार्यक्रमले सुरक्षा प्रवर्धन गर्ने, विद्यार्थीले कसरी सुरक्षा लिए र उनीहरुले आफ्नो तर्फबाट सुरक्षित रहन के गर्नुपर्छ भनी जानकारी दिईएको थियो । सिप्रदीले यस वर्ष विभिन्न कार्यक्रमहरु संचालन गरि देशभर ६४ हजारभन्दा धेरै विद्यार्थीलाई सचेत गराउन सफल भएको बताएको छ ।

कार्यक्रमका प्रमुख अतिथि, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले सडक सुरक्षा प्रमुख र चिन्तालाग्दो विषय भएको उल्लेख गर्दै हरेक व्यक्ति समान खुवीले समान रुपमा सक्षम रहेको बताए ।

महानगरीय ट्राफिक प्रहरी प्रभागका प्रहरी उपरीक्षक (एसपी) राजकुमार लम्सालले कार्यक्रममा सडक सुरक्षाको सवालले प्राथमिकता पाएकोमा खुसी व्यक्त गरे ।
सडक सुरक्षाप्रति आफ्नो महत्वपूर्ण पहल देखाउनका लागि १५ वटा विद्यालयहरु प्रतियोगितामा सहभागी थिए ।

प्रतियोगितामा रुपि इन्टरनेसनल स्कूलले समग्र सुरक्षा सन्देशमा सर्वोत्कृष्टको पदवी पाउन सफल भयो । त्यस्तै, हेराल्ड बोर्डिङ स्कूल सर्वोत्कृष्ट सुरक्षा परेडको पदवी पाउन सफल भयो ।

नाइटिंगेल स्कूलका स्वर्ण सिंह (कक्षा ७) सबैभन्दा सिर्जनशील कस्ट्युम (ट्राफिक लाइट लगाएको) को विजेता बने भने रुपि इन्टरनेसनल स्कूलका एकता ढकाल (कक्षा ६) लाई सर्बोत्कृष्ट प्रस्तोताको रुपमा छानियो । उनीहरुलाई प्रमाणपत्र, ट्रफी र नगद पुरस्कारले सम्मान गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै सिप्रदी ट्रेडिङका सीओओ राजेशप्रसाद गिरीले हाम्रो बसको कुराको पछाडि सुरक्षा हाम्रो नियन्त्रणमा भएको सबैले सुरक्षा नियमको पालना गर्नुपर्ने र कुनै पनि अनिश्चितताबाट आफूलाई जोगाउन सुनिश्चित गर्नुपर्ने मान्यता भएको बताए ।


क्लिकमान्डु