आईसीएफसी फाइनान्सले ८ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीले नगद लाभांस वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक बर्ष २०७४\७५ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

नगद लाभांश दिने प्रस्ताव साउन ३१ गते बसेको संचालक समितिको बैंठकले पारित गरेको हो । सो बैठकले पारित गरेको निर्णय स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पठाउने भएको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ८८ करोड २१ लाख ७२ हजार ४ सय रुपैंया रहेको कुरा प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सुनिल पन्तले जानकारी दिए ।


क्लिकमान्डु