स्वरोजगार लघुवित्तले २० प्रतिशत बोनश सेयर दिने



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले बोनश सेयर वितरण गर्ने भएको छ । साउन ३१ गते बसेको संचालक समितिको १७१ औं बैंठकले सेयर धनीलाई बोनश सेयर दिने निर्णय गरेको हो ।

यसरी संस्थाले सेयर धनीलाई २० प्रतिशत बोनश सेयर दिने र कर प्रयोजनको लागि नगद १.०५२६ प्रतिशत गरी जम्मा २१.०५२६ प्रतिशत बोनस दिने निर्णय गरेको हो ।

उक्त वित्तीय संस्थाको साधारण सभा तथा नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पश्चात सो लाभांस वितरण हुने प्रशासन विभाग प्रमुख श्रीराम रोक्काले बताए ।


क्लिकमान्डु