नाडा अटोमोवाइलस एसोसिएसन अफ नेपालको कार्यसमिति बैठक पोखरामा



पोखरा । नाडाको कार्यसमितिको चौथो बैठक उपत्यका बहिर पर्यटकीयनगरी पोखरामा सम्पन्न भएको छ ।

उपत्यका बाहिर भएको नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालको कार्यबहाक अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले २०७५/०७६ को मौद्रिक नीतिमाथी छलफलगरी आलोचनात्मक सर्मथन गरेको छ ।

साथै नेपालमा अटोमोवाइल ब्यवसायको वर्तमान अबस्था र संभावनाको बिषयलाई अध्यन अनुषन्धानगरी यर्थाथ बाहिर ल्याउने काम अगाडि बढाउने भएको छ ।

साथै, भाद्र २६ गतेबाट हुने नाडा अटो शो २०१८ लाई भब्य बनाउने बताएको छ ।

त्यसैगरी भदौ १५ गते नाडाले आफ्ना सदस्यहरुलाई कर तथा भन्सारसम्बन्धी जानकारी दिने उद्देश्यले एकदिने तालिम कार्यक्रम आयोजना गर्ने बताएको छ ।


क्लिकमान्डु