सेल्स समिट सम्पन्न



काठमाडौं । ग्रोथसेलरले आयोजना गरेको एकदिने सेल्स समिट सम्पन्न भएको छ ।

तेस्रो संस्करणको सेल्स समिटमा मुख्य वक्ता उद्यमी तथा सांसद् विनोद चौधरी थिए ।

उनले पछिल्लो विश्वमा परिवर्तन भएको सेल्स तथा व्यापारको विषयमा सहभागीलाई आफ्नो अनुभव सुनाएका थिए ।
विभिन्न व्यवसायिक फर्ममा कार्यरत २७० जना सेल्स प्रोफेशनल सहभागी समिटमा विभिन्न क्षेत्रका व्यक्तिले सेल्सको विषयको आफ्नो प्रस्तुती दिएका थिए ।

समिटमा भारतबाट आएका आनन्द मुन्सीले किनोट स्पिकरको रुपमा सहभागीलाई सेल्सको विषयमा जानकारी गराएका थिए ।
सम्मेलनमा विभिन्न सत्रका छलफल कार्यक्रमहरु भएका थिए । जसमा कर्पोरेट क्षेत्रमा कार्यरत उच्च व्यवस्थापकहरुले सेल्सको विषयमा आफ्नो अनुभव बाडेका थिए ।


क्लिकमान्डु