प्रदेश ३ सरकारले पठायो स्थानीय तहलाई पत्र, माग्यो करको विवरण



काठमाण्डौ । प्रदेश नम्बर ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयले आफू मातहतका स्थानीय सरकारलाई करको विवरण उपलब्ध गराइदिन पत्र पठएको छ ।

स्थानीय सरकारले जनतालाई असर पर्नेगरी कर निर्धारण गरेको भन्दै विरोध र आलोचना हुन थालेपछि मन्त्रालयले यस्तो पत्र लेखेको हो।

मन्त्रालयले संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकार सूची ४ मा स्थानीय सरकारले कर लगाउन र उठाउन पाउने क्षेत्र तथा शीर्षकहरुमा भएको व्यवस्था अनुसार कर लगाउने व्यवस्था कार्यान्वयन गर्दा भएका विवरणहरु माग गरेको जनाएको छ ।


क्लिकमान्डु