हुण्डाई मोटर्सले जित्यो पाँचवटा अवार्ड



काठमाण्डौ । हुन्डाई मोटर्सले प्रतिष्ठित रेड डट अवार्ड अन्र्तगत पाँचवटा अवार्ड हात पारेको छ । यो पुरस्कार डिजाईन उद्योगको प्रतिष्ठित अवार्ड हो ।

हुन्डाईको सोलाटी मुभिङ होटल भ्यानले साउन्ड डिजाईन अन्र्तगत बेस्ट अफ दि बेस्टको अवार्ड जितेको छ । हुन्डाईले तयार पारेको यो लक्जरी भ्यान हो ।

यस्तै, हुन्डाई पेभिलियनले ब्रान्ड स्थापना र अनुभवमा उत्कृष्ट पुरस्कार जितेको छ । हुन्डाईले यो पेभिलियन सन् २०१८ को विन्टर ओलम्पपिकमा पहिलोपटक सार्वजनिक गरेको थियो ।
यो पेभिलियन अहिले कोरियामा समेत प्रर्दशनिका लागि राखिएको छ । हुन्डाई पेभिलियन साउन्ड डिजाईनमा समेत विजेता भएको छ ।

यसका अलावा हुन्डाई मोटर जेनेभा मोटर शो अन्र्तगत फिल्म एण्ड एनिमेशनमा पनि बिजेता भएको छ ।

इन सर्च अफ गुड डिजाईन एण्ड क्रियटिभिटी भन्ने नारा सहित प्रदान गरिने रेड डट अवार्डमा संसारभरका धेरै कार कम्पनी सामेल हुन्छन ।


क्लिकमान्डु