कैलाश विकास बैंकमा पनि ‘गरिमा रेमिट’ सेवा



काठमाण्डौ । कैलाश विकास बैंकले ‘गरिमा रेमिट’सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र कैलाश विकास बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

विहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायबमहाप्रबन्धक माधवप्रसाद उपाध्याय र कैलाश विकास बैंक लिमिटेडको तर्फबाट सहायकमहाप्रबन्धक सुर्यप्रसाद तिवारील े सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात कैलाश विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ६३ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा जम्मा गर्न गरिमा विकास बैंकले जनाएको छ ।


क्लिकमान्डु