ज्योति विकास बैंकको ‘ज्योति श्रमजीवी बचत खाता’



काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले कर्मचारी तथा श्रमिकहरुको श्रमको उचित कदर गर्दै उच्च प्रतिफल, थप अत्याधुनिक बंैकिङ सुविधा सहित नयाँ बचत खाता “ज्योति श्रमजीवी बचत खाता” संचालनमा ल्याएको छ ।

वार्षिक ८% ब्याजदर दिने यस बचत खातामा निःशुल्क बीमाको ब्यवस्थाका साथै विदेशी मुद्रा सटहीमा विषेश छुट, भीसा डेबिट कार्ड, स्मार्ट मोबाइल बैंकिङ, एबीबीएस, सीएएसबीए, चेकबुक, इन्टरनेट बैंकिङ जस्ता सेवाहरु निःशुल्क गरेको छ ।

लकर सुविधामा र गुड फर पेमेन्ट चेक जारी गर्दापनि बिषेश छुट दिइएको छ । साथै स्थायी कर्मचारीहरुका लागि ज्योति प्रोफेस्नल लोनकोपनि ब्यवस्था गरिएको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु