सिटिजन्स बैंकको ब्रान्ड एम्बेसडरमा ज्ञानेन्द्र मल्ल



काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राष्ट्रिय क्रिकेट टिमका उप कप्तान ज्ञानेन्द्र मल्ललाई ब्रान्ड एम्बेसडर घोषणा गरेको छ । बैंकले आफ्नो ब्रान्ड प्रवद्र्धनका लागि मल्ललाई एक वर्षका लागि अनुबन्ध गरेको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले ज्ञानेन्द्र मल्ललाई ब्याट हस्तान्तरण गरी बैंकको ब्रान्ड एम्बेसडर भएको कुरा औपचारिकरूपमा घोषणा गरेका हुन् ।

नेपालका ‘सुपरस्टार’ खेलाडीलाई बैंकसँग आबद्ध गराउन पाउँदा बैंकको लोकप्रियता तथा व्यावसायिकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास बैंकका प्रमुखकार्यकारी अधिकृत भण्डारीले व्यक्त गरे ।

ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि राष्ट्रिय क्रिकेट टिमका उपकप्तान मल्लले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले खेल प्रवर्धनको लागि देखाएको अग्रसरता प्रशंसायोग्य रहेको र नेपालको जुनसुकै खेललाई माथि उठाउन कर्पाेरेट क्षेत्रहरुको आवश्यकता रहेको औंल्याए । नेपाली क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका मल्लले बैंकको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने प्रतिक्रिया दिए ।


क्लिकमान्डु