सिटिजन्स बैंकको ‘मेरो सिटिजन्स बचत खाता’



काठमाण्डौ । योर पार्टनरफर प्रोग्रेस भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुर्याउँदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातै प्रदेशका नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना“मेरो सिटिजन्स बचत खाता“ल्याएको छ ।

भदौ १ गते शुक्रबार बैंकको मुख्य कार्यालय भवन, नारायणहिटीपथ , दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र ब्रान्ड एम्बेसडर ज्ञानेन्द्र मल्लले संयुक्त रूपमा ‘मेरो सिटिजन्स बचत खाता’ योजना सार्वजनिक गरेका हुन् ।

न्यूनतम मौज्दात १००\- मै खाता खोल्न मिल्ने ‘मेरो सिटिजन्स बचत खाता’ मा निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क सिटिजन्स स्र्माट (मोबाईल) बैंकिङ सुविधा, अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्युयर प्रविधिमा निःशुल्क दर्ता, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५०% छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दा ५०% छुट, निःशुल्क आस्वा सेवाजस्ता आकर्षक विशेषताहरु उपलब्ध रहेका छन् ।

दैनिक मौज्दातमा ७ प्रतिशत व्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको कुरा बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु