डेढ अर्ब राइटब्याक गरेपछि खुद नाफामा सबैलाई जित्यो राष्ट्रिय बाणिज्य बैंकले




काठमाडौं । गत आर्थिक बर्षमा सबैभन्दा बढी खुद नाफा कमाउने बैंकमा राष्ट्रिय बाणिज्य बैंक बनेको छ ।

राष्ट्रिय बाणिज्य (रावा) बैंकले गत आर्थिक बर्षमा ४ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको छ । खुद नाफाको हिसाबले दोस्रो स्थानमा रहेको नविल बैंकले ४ अर्ब ४ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

रावा बैंकले अघिल्लो आर्थिक बर्षमा २ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले गत आर्थिक बर्षसम्ममा १ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब २० अर्ब ८७ करोड रुपैयाँ कर्जा तथा लगानी गरेको छ ।

बैंकले १२ अर्ब २० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ भने २ अर्ब ९८ करोड रुपैयाँ ब्याज खर्च गरेर ९ अर्ब २२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकले उल्लेख्य मात्रामा राइट ब्याक गरेका कारण उनको नाफा धेरै भएको हो । रावा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ राइट ब्याक गरेको छ । बैंकले आफ्नो खराब कर्जाको मात्रा भने बढाएको छ । अघिल्लो आर्थिक बर्षको असार मसान्तमा ३.७७ प्रतिशत रहेको कूल कर्जामा खराब कर्जाको अंश गत आर्थिक बर्षको अन्त्यमा ४.२५ प्रतिशत पुगेको छ । यस्तो खराब कर्जाको अंश ५ प्रतिशतभन्दा बढी हुन नहुने नियामकीय ब्यवस्था छ ।

बैंकको वेस रेट ६.२० प्रतिशत छ भने स्प्रेड रेट ४.९५ प्रतिशत । स्प्रेड रेट पनि ५ प्रतिशतभन्दा बढी हुन नहुने नियामकीय ब्यवस्था छ । बैंकको रिटर्न अन इक्वीटी (आरओइ) ३४.३० प्रतिशत पुगेको छ ।


क्लिकमान्डु