एनआइसी एसियाको रिलायन्स लाईफसँग बैंकास्योरेन्स सम्झौता



काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले रिलायन्स लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमा रिलायन्स लाईफइन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले हस्ताक्षर गरेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु