६ सय कर्मचारीलाई तालिम दिंदै नबिल बैंक



काठमाण्डौ । नबिल बैंकले आफ्ना कर्मचारीलाई तालिम प्रदान गर्ने भएको छ । बैंकले आफ्ना सहायक स्तर देखि अधिकृत स्तरसम्मका ६ सय जना कर्मचारीलाई तालिम दिन लागेको हो ।

बैंकले नेशनल बैैंकिङ ईन्स्टिच्युटसंगको सहकार्यमा आफ्ना कर्मचारीलाई तालिम दिन लागेको हो । बैंकले तालिमको लागि आज ईन्स्टिच्युटसंग सम्झौता गरेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा समेत वाणिज्य बैंकले आफ्ना कर्मचारीलाई अनिवार्य रुपमा तालिम दिनुपर्ने उल्लेख गरिएको छ ।


क्लिकमान्डु