बाराको गञ्जभवानीपुरमा राष्ट्रिय वाणिज्य बैकको नयाँ शाखा



काठमाण्डौ । बारा जिल्लाको महागढीमाई नगरपालिका वडा न. ३ गञ्जभवानीपुर स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको २०६ औं शाखा कार्यालय गञ्जभवानीपुरको एक समारोहका बीच बुधबार शुभारम्भ गरिएको छ ।

उक्त शाखाको रावा बैंक संचालक समितिका सदस्य जनककुमार बरालले उद्घाटन गरेका हुन् । सो समारोहमा प्रमुख अतिथि संचालक बरालले राष्ट्रिय वाणिज्य बैंक सरकारी बैंक भएकाले यसको मालिक पनि जनता भएको र संरक्षण पनि जनतालेनै गर्नुपर्ने वताए ।

बैंकका बीरगंज क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रवन्धक मनोज बर्माको सभापतित्वमा सम्पन्न उक्त समारोहमा बारा क्षेत्र न.२ का प्रतिनिधि सभा सांसद रामसहाय यादब, २ नम्बर प्रेदेश सभा सांसद शारदाशंकर साह, बैंकका नायब महाप्रवन्धक उद्धबप्रसाद खनाल, उद्योग वाणिज्य संघ गञ्जभवानीपुरका अध्यक्ष रुस्तम अन्सारी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैक र नर्भिक हस्पिटलबीच सम्झौता

यसैबीच, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटल बीच बैंकका डेबिट कार्ड होल्डरहरुलाई हस्पिटलले दिने सेवामा १० प्रतिशतसम्म छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका डेबिट कार्ड होल्डरहरु र कार्ड होल्डरका परिवारले हस्पिटलको प्याथोलोजी, रेडियोलोजी, सीटी स्क्यान, एमआरआई, म्यामोग्राम, कार्डिक नन इन्भेसिभ परीक्षण, सर्जिकल शुल्कमा १० प्रतिशत र बेड शुल्क तथा वार्षिक स्वास्थ्य प्याकेजमा थप ५ प्रतिशत छुट पाउने छन् ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केशबप्रसाद लम्साल, टेकराज जोशी, नरेशराज अर्याल, विभागीय प्रमुख रिको स्थापित, नर्भिक इन्टरनेशनल हस्पिटलका तर्फबाट मूख्य मार्केटिङ्ग अधिकृत प्रविन डावर, सहायक प्रवन्धक सुष्मा ढकाल लगायतको उपस्थिती रहेको थियो ।


क्लिकमान्डु