एनआईसी एशिया बैंकले खोल्यो धादिङमा ३ नयाँ शाखा



काठमाण्डौ । एनआईसी एशिया बैंकले धादिङ जिल्लामा ३ नयाँ शाखा कार्यालय उद्घाटन गरेको छ ।

धादिङ जिल्लाको धुनिबेशी न.पा. वडा नं.७ स्थित खानीखोला शाखा र वडा नं. ६, धार्केस्थित धार्केशाखाको धुनिबेशीनगरपालिकाका मेयर बालकृष्ण आचार्यले एक समारोहका बीच उद्घाटन गरे ।

त्यसैगरी थाक्रे गाउँपालिका वडा नं. ६, महादेवबेशीस्थित महादेवबेशी शाखाको गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले उद्घाटन गरेका हुन् ।

हरेक सम्भावितबजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु