नेपाल बङ्गलादेश बैंकको खुद नाफा १ अर्ब २० करोड



काठमाडौं । नेपाल बङ्गलादेश बैंकले गत आर्थिक बर्षमा १ अर्ब १० करोड रुपैंयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षमा १ अर्ब २० करोड रुपैंया खुद नाफा गरेको थियो । यसरी बैंकले गत आर्थिक बर्षमा मात्रै १० करोड रुपैंया नाफा घटाएको हो ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक बर्षमा बैंकले व्याजबाट ५ अर्ब ३७ करोड रुपैंया आम्दानी गरेको छ । यसरी नै ब्याज खर्च भने ३ अर्ब ४५ करोड रुपैंया गरेको हो ।

व्याजबाट बैंकले खुद आम्दानी १ अर्ब ९१ करोड रुपैंयाँ गरेको हो । अघिल्लो आर्थिक बर्षमा बैंकको व्याजबाट खुद आम्दानी १ अर्ब ५२ करोड रुपैंयाँ रहेको थियो ।

४७ अर्ब ९८ करोड रुपैंया निक्षेप संकलन गरेर बैंकले ४२ अर्ब ४० करोड रुपैंया कर्जा प्रवाह गरेको हो ।

यसरी नै अघिल्लो आर्थिक बर्षमा ५.१० मा कायम रहेको बैंकको कस्ट अफ फण्ड गत बर्ष ७.९९ मा वृद्धी हुन पुगेको छ ।


क्लिकमान्डु