सानिमा बैंकको खुद नाफा १ अर्ब ६९ करोड



काठमाडौं । सानिमा बैंकले गत आर्थिक बर्षमा १ अर्ब ६९ करोड रुपैंया खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षमा १ अर्ब ३० करोड रुपैंया खुद नाफा गरेको थियो । यसरी बैंकले गत आर्थिक बर्षमा मात्रै ३९ करोड रुपैंयाँ नाफा कमाई बढाएको छ ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक बर्षमा बैंकले व्याजबाट ८ अर्ब ५ करोड आम्दानी गरेको छ । यसरी नै व्याज खर्च भने ५ अर्ब ९ करोड गरेको हो ।

व्याजबाट बैंकले खुद आम्दानी २ अर्ब ९६ करोड गरेको हो । अघिल्लो आर्थिक बर्षमा बैंकको व्याजबाट खुद आम्दानी २ अर्ब २६ करोड रहेको थियो । ७९ अर्ब १९ करोड निक्षेप संकलन गरेर बैंकले ७० अर्ब २ करोड कर्जा प्रवाह गरेको हो ।

यसरी नै अघिल्लो आर्थिक बर्षमा ५.३५ मा कायम रहेको बैंकको कस्ट अफ फण्ड गत बर्ष ७.४२ मा वृद्धी हुन पुगेको छ । प्रतिकित्ता सेयर बापत बैंकले अघिल्लो आर्थिक बर्षमा २३.८१ दर कायम गरेपनि गत आर्थिक बर्षमा भने २३.३३ मा घटन पुगेको विवरणमा उल्लेख छ ।


क्लिकमान्डु