टाटा मोटर्स कार मेला भदौ १ बाट, मेला ३ दिनसम्म चल्ने



काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले बार्षिक रुपमा आयोजाना गर्दै आइरहेको टाटा मोटर्स कार मेला को सिजन–६, भदौ १ गतेदेखि हुँदैछ ।

काठमाण्डौको नक्साल ब्यांक्वेटमा हुने मेला ३ दिनसम्म चल्ने र यो मेला, प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजे सम्म हुनेछ ।

अन्य कार्यक्रमहरुमध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस कार मेलाले हरेक वर्ष ग्राहक तथा दर्शकहरुबाट धेरै भन्दा धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको सिप्रदी ट्रेडिङ्ग प्रालिले जनाएको छ ।

कार मेला सिजन ६ का मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, ४ लाखसम्मको विषेश छुट, २ लाख सम्मको एक्सेंज बोनस, अन द स्पट फाइनान्स र बीमा सुबिधा, टेस्ट ड्राइभ लगायत बिभिन्न सांगीतिक एबम् मनोरञ्जनात्मक कार्यक्रमहरुका साथै रिफ्रेसमेन्टको समेत व्यवस्था रहेको छ ।

कार बुकिङ गर्दा गोला प्रथा मार्फत यी पाइन्छ :
१ जोडीलाई यूरोप टुर, १ जोडीलाई थाइल्याण्ड टुर, १ थान हिराको औठी, २ जाना लाई २ वर्षको निःशुल्क सर्भिसिङ्ग, ३ जनालाई कम्प्रिहेन्सिभ इन्स्योरेन्स र १ जनालाई ६ महिना को निःशुल्क इन्धन ।

प्रत्येक टेस्ट ड्राइभमा एउटा उपहार र लक्की ड्र मार्फत होलिडे प्याकेजपनि रहेको छ । प्रत्येक भ्यालुयेसनमा २ जनाको लागि फिल्म टिकट र गोला प्रथा मार्फत वासिंग कुपन १ जनालाई र फुल ट्यांक इन्धन १ जनालाई उपलब्ध गराइने सिप्रदी ट्रेडिङ्ग प्रालिले जनाएको छ ।

फेसबुक प्रतियोगिता अन्तर्गत लक्की ड्र मा प्रत्येक दिन मोबाइल उपलब्ध गराइने छ । बिशेष गरी कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिने उक्त कार मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको सिप्रदी ट्रेडिङ्ग प्रालिले जनाएको छ ।


क्लिकमान्डु