डिरोज टेक्नोलोजी सिटीटेकमा गाभियो



नेपालमा अवस्थीत २० भन्दा वढि वाणिज्य बैंकहरुलाई शाखा रहित बैंकिङ्ग पद्धिति विकास गरी सेवा दिदैं आइरहेको डिरोज टेक्नोलोजी फिनटेक स्टार्टअप कम्पनी सिटिटेकमा गाभिने भएको छ ।

वित्तिय संस्थाहरुको लागी सरल र स्वतन्त्र तरिकाले कार्य गर्ने गरी प्रष्ट विचार र नविन सेवा सुरु गरेको यस फिनटेक स्टार्टअप कम्पनीलाई ठुला घराना समुहले प्रवद्धित गरेको छ ।

उक्त मजर्र सम्बन्धि हस्ताक्षर कार्यक्रममा डिरोज टेक्नोलोजीका तर्फबाट नेपाल भुषण गौलि र सिटीटेकको तर्फबाट प्रवन्ध निर्देशक एवम प्रमुख कार्यकारी अधिकृत सजन शर्माले संयुतm हस्ताक्षर गरी आजको मितिबाट सिटीटेकको नाउँमा कार्य गरिने व्यवस्था भयो ।

फिनटेक व्यवसायको दुनियाँमा यि दुई संस्था गाभिए पछि अझ सशक्त र उत्साह थपिनेमा यस संस्थाका शेयर धनि र कर्मचारीहरु आश्वस्त देखिन्छन ।
आगामी केहि हप्ता भित्रै कानुनी र प्रशासनिक कार्य पुरागरी व्यवसायलाई अघि बढाउन सकिने जानकारी गराइएको छ ।


क्लिकमान्डु