नयाँ वित्तीय संस्थाको रुपमा ‘दिव्य’ को आगमन




काठमाण्डौ । ‘सरल लघुबैंकिङ्ग’ मूल नारा लिएर काभ्रेको नमोबुद्व न.पा. वडा नं.-०२ भकुण्डेवेशीमा केन्द्रीय कार्यालय रहने गरी राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको दिव्य लघुवित्त वित्तीय संस्था लि.ले कारोबार शुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर तथा कार्यक्रमका प्रमुख अतिथि चिन्तामणि शिवाकोटील एक समारोहकावीच सो संस्थाको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा वित्तीय संस्थाको संस्थापक लगानीकर्ता सेञ्चुरी कर्मसियल बैंक लि. का अध्यक्ष राजेश श्रेष्ठ, नमोबुद्घ उद्योग बाणिज्य संघका अध्यक्ष वशुनारायण श्रेष्ठ लगायतले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै छिट्टै नै नेपालको सबैभन्दा ठूलो लघुवित्तवित्तीय संस्थाका रुपमा स्थापित हुन सफलहोस् भन्ने शुभकामना व्यक्त गरे ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण बिष्टले स्वागत मन्तव्य राखेका थिए भने उद्घाटन कार्यक्रम सञ्चालन संस्थाका कम्पनी सचिव पुरुषोत्तमप्रसाद घिमिरेले गरेका थिए ।

संस्थाका अध्यक्ष जीवन भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रम समापन गर्ने क्रममा उनले विपन्न वर्गमा जाने कर्जा बैंक तथा फाइनान्स कम्पनी स्वयंले प्रत्यक्ष लगानी गर्नुभन्दा लघुवित्त वित्तीय संस्थाहरुमार्फत मात्र लगानी गर्ने नीति बनाउन सकेमा लघुवित्तीय संस्थाहरुलाई कार्य गर्न अलिक सहज हुने कुरा राख्दै समारोहमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७४ साल कार्तिक ८ गते दर्ता भई नेपाल राष्ट्र बैंकबाट २०७५ साल असार १९ गते वित्तीय कारोवार गर्ने ईजाजत पाएको यस वित्तिय संस्थाको अधिकृत पूँजी २० करोड, जारी पूँजी ११ करोड र हालको चुक्ता पूँजी७ करोड ७० लाख रहेको छ ।

चुक्तापूँजीमध्ये संस्थागत लगानीकर्ता सेञ्चुरी कमर्सियल बैंक लि. र कैलाशविकास बैंक लि.को ५१ प्रतिशत तथा व्यक्तिगत लगानीकर्ताको ४९ प्रतिशत संस्थापक शेयर रहेको छ ।


क्लिकमान्डु