नागबेली लघुवित्तले घटायो खुद नाफा, गत आबमा कमायो २ करोड ५८ लाख
काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक वर्षमा खुद नाफा घटाएको छ । अघिल्लो आर्थिक बर्षमा खुद नाफा ३ करोड ३७ लाख रुपैंयाँ रहेको संस्थाको गत आर्थिक वर्षमा भने २ करोड ५८ लाख रुपैंयाँ मात्र भएको हो । यसरी संस्थाले लगभग ७९ लाख रुपैंयाँले नाफा घटाएको हो ।
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २४ करोड ६८ लाख रुपैंयाँ गत आर्थिक बर्षमा निक्षेप संकलन भएको थियो । यसरी नै कर्जा प्रवाह भने ७० करोड ५९ लाख रुपैंयाँ भएको छ ।
गत आर्थिक बर्षमा व्याज आम्दानी १३ करोड रहेको छ । व्याज खर्च भने ६ करोड ८५ लाख रुपैंया रहेको छ । यसरी नै संस्थाको व्याजबाट खुद आम्दानी ६ करोेड १५ लाख रुपैंया पुगेको छ । अघिल्लो आर्थिक बर्षमा व्याजबाट खुद आम्दानी ७ करोड ३० लाख रुपैंया भएको थियो ।
यसरी अघिल्लो र गत आर्थिक बर्षमा मात्रै लगभग १ करोड १५ लाख रुपैंयाँ व्याज आम्दानीमा हेरफेर भएको पाइन्छ । सोही आधार समेत बैंकको नाफा घटाउने कारक बन्न पुगेको संस्थाले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ ।
कस्ट अफ फण्ड अघिल्लो आर्थिक बर्षमा ८ प्रतिशत रहेको संस्थाको गत आर्थिक वर्षमा भने ११.५० प्रतिशतमा वृद्धि हुन पुगेको संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।