नेपाल इन्भेष्टमेण्ट बैंकले ३ अर्ब ५७ करोड रुपैंयाँ खुद नाफा कमायो




काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ५७ करोड रुपैंयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्षमा बैंकले ३ अर्ब ११ करोड रुपैंयाँ खुद नाफा आर्जन गरेको थियो । यसरी बैंकले गत आर्थिक बर्षमा ४६ करोड रुपैंयाँ नाफा बढाएको हो ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक बर्षमा व्याज आम्दानी १३ अर्ब ४२ करोड रुपैंयाँ गरेको छ । व्याज खर्च भने ७ अर्ब ७२ करोड रहेको छ । यसरी नै गत आर्थिक बर्षमा बैंकको व्याजबाट खुद आम्दानी ५ अर्ब ७६ करोड भएको थियो ।

अघिल्लो आर्थिक बर्षमा बैंकको व्याजबाट खुद आम्दानी भने ४ अर्ब ७८ करोड रुपैंयाँ मात्रै भएको थियो । यसरी आम्दनीमा वृद्धी हुन गएकाले बैंकले नाफा बढाएको हो ।

१ खर्ब ४० अर्ब रुपैंयाँ निक्षेप संकलन गरेर गत आर्थिक बर्षमा बैंकले १ खर्ब २२ अर्ब रुपैंयाँ कर्जा प्रवाह गरेको हो । अघिल्लो आर्थिक बर्षमा ९ करोड ६१ लाख रुपैंया राइट व्याक रहेको बैंकको गत आर्थिक बर्षमा भने ८२ करोड ६९ लाख रुपैंयाँसम्म पुगेको तथ्याङ्कले देखाउँछ ।

गत बर्षमा बैंकको प्रति कित्ता सेयर आम्दानी ३३.६२ रहेको थियो भने अघिल्लो बर्षमा सो दर २९.३१ मा सीमित थियो । यसरी नै अघिल्लो अर्थिक बर्षमा ५.८४ प्रतिशत रहेको कस्ट अफ फन्ड गत आर्थिक बर्षमा वृद्धि भएर ६.३१ प्रतिशतमा पुगेको छ ।


क्लिकमान्डु