‘गरिमा रेमिट’ सेवा प्रवाह गर्ने गरिमा र देवः विकास बैंकबीच सम्झौता



काठमाण्डौ । देवःविकास बैंकले ‘गरिमा रेमिट’सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र देवःविकास बैंक लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।

साउन २९ गते मंगलबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र देवःविकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात देवःविकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५१ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने गरिमा बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु