नवलपरासीको बौदीकालीमा जनता बैंकको नयाँ शाखा




काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले पूर्वी नवलपरासीको बौदीकालीमा नयाँशाखा सञ्चालनमा ल्याएको छ । बौदीकाली गाउँपालिका वडा नं. २, डेढगाउँमा खोलिएको बौदीकाली शाखा जनता बैंकको १२२ औं शाखा हो ।

नवलपरासी जिल्लाको विकट भौगेलिक अवस्थामा रहेको बौदीकाली गाउँपालिकाका स्थानीय व्यापारी तथा उद्यमी र सर्बसाधारणहरु बैंकिङ कारोवारको लागि राजमार्ग आसपास झर्नै पर्ने बाध्यतालाई यस शाखाले राहत पु¥याउने विश्वास लिइएको छ ।

ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाटपनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ सेवा प्राप्त गर्न सक्ने जनता बैंकले जनाएको छ ।


क्लिकमान्डु