महालक्ष्मी विकास बैंकको कर्जा योजना, घर कर्जा ५ लाखदेखि ५ करोडसम्म दिने



काठमाण्डौ । महालक्ष्मी बिकास बैंक लि.ले महालक्ष्मी घर कर्जा, महालक्ष्मी शैक्षिक कर्जा तथा महालक्ष्मी साना तथा मझौला कर्जाको सुविधा ल्याएको छ ।

मानिसहरुको घरघडेरी जोड्ने तथा उच्चशिक्षा हासिल गर्ने सपना केवल पुँजीको अभावमा पूरा हुन नसकेको कुरालाई मध्यनजर गरी बैंकले उक्त योेजनाहरु ल्याएको हो । सो योजनामार्फत ग्राहकहरुले घर कर्जामा ५ लाखदेखि ५ करोड सम्मको कर्जा र शैक्षिक कर्जामा ५ लाख देखि १ करोड सम्मको कर्जा प्राप्त गर्न सक्नेछन् ।

कर्जाहरु वार्षिक १२.९९ प्रतिशतको सर्वसुलभ ब्याजदरमा प्राप्त गर्न सकिने र उक्त कर्जा बैँकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध जनाइएको छ ।

२० वर्ष सम्मको अधिकतम अवधिको किस्तामा उपलब्ध हुने महालक्ष्मी घर कर्जा अन्तर्गत, ग्राहकले आवासीय जग्गा, तयारी घर वा अपार्टमेन्ट खरिद, घर निर्माण वा मर्मत सम्भार गर्न सक्ने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । यो सुबिधा अन्तर्गत कर्जा स्वाप गर्नपनि सकिनेछ ।

महालक्ष्मी शैिक्षक कर्जामा भने स्वदेश वा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीले आफ्ना लागि वा अभिभावकले आफ्ना बालबच्चाकालागि उल्लेखित कर्जा लिन सक्ने छन । यस कर्जा अन्तर्गत पहिलो ५ वर्षसम्म ब्याजमात्र बुझाए पुग्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु