एनआईसी एशिया र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता



काठमाण्डौ । एनआईसी एशिया बैंक र जनरल ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

बैक तथा इन्स्योरेन्स बीच आईतवार आयोजित एक कार्यक्रममा सो सम्वन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो ।

बैकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरे ।

सहमतिसंगै बैकका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने बताईएको छ ।


क्लिकमान्डु