न्याम्समा उपकुलपतिको जागिर खुल्यो, इच्छुकले स्वास्थ्यमन्त्रीको सचिवालयमा निवेदन दिनुपर्ने




काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बीर अस्पतालको उपकुलपतिका लागि आवेदन मागेको छ ।

निवर्तमान उपकुलपति प्राडा गणेश गुरुङको कार्यकाल सकिएपछि सरकारले खुल्ला प्रतिस्पर्धाबाट नयाँ उपकुलपति नियुक्त गर्न यस्तो आवेदन मागेको हो । गत साउन २३ गते गुरुङसहित अन्य पदाधिकारीको पनि कार्यकाल सकिएको थियो ।

गुरुङको कार्यकाल सकिएपछि सरकारले तत्कालको लागि प्राडा सुवोध अधिकारीलाई उपकुलपतिको कार्यभार सुम्पेको थियो । अधिकारी ग्याष्ट्रोलोजीका ग्याष्ट्रो सर्जन हुन् ।

सरकारले १५ दिने म्याद दिएर यस्तो आवेदन मागेको हो । आवेदन दिन इच्छुक ब्यक्तिले उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको सचिबालयमा बुझाउनु पर्नेछ ।

यस्तो आवेदनको साथमा निवेदकको आवेदन, प्रष्ठिान संचालनको ब्यवसायिक कार्ययोजना (अधिकतम ७ पेजमा नबढाइ), बैयक्तिक विवरण र मापदण्डमा उल्लेखित विवरण पुष्टी हुने कागजातहरु पेश गर्नुपर्नेछ ।


क्लिकमान्डु