जनता बैंकले शुरु गर्यो अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा
काठमाडौं । जनता बैंक नेपालले अन्तर्राष्ट्रिय रेमिट्यान्सको सेवा सञ्चालनमा ल्याएको छ । मेचीदेखि महाकालीसम्मका जनतालाई आन्तरिक रेमिट्यान्समा सेवा दिदै आएको बैंकले अब अन्तर्राष्ट्रिय स्तरमा समेत सो सेवा बिस्तार गरेको हो ।
बेक्स मनी बहरायन एक्स्प्रेस एक्सचेन्ज बहराईन र जनता बैंक नेपालले बहराईनलाई समेत लक्षित गरेर सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौता पश्चात बहराईनमा रहेका नेपालीले नेपालमा रहेका जनता बैंकको शाखामा पैसा पठाउन सक्नेछन् ।
यसरी बैंकले बहराईनमा रहेका नेपालीलाई खाता खोल्न, पैसा पठाउन तथा अन्य कारोबार गर्न समेत सहजता थपिदिएको छ । बहराईन जनता रेमिट मार्फत पठाईएको पैसा नेपालमा रहेका जनता बैंकका १२१ शाखाबाट भुक्तानी गर्न सकिनेछ । साथै १६ हजारको संख्यामा रहेका रेमिट मार्फत पनि प्राप्त गर्न सकिन्छ ।
आगामी दिनमासो सेवा अन्य देशमा समेत खोल्ने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।