ट्रयाक सुट पाएपछि खुशीले फुरुङ्ग भए बालबालिका




काठमाण्डौ । काभ्रे जिल्लाको पनौतिमा रहेको ज्वालामुखी आधारभूत बिद्यालयमा गरीब र विपन्न वर्गका बालबालिका अध्ययन गर्छन् । ती विपन्न समुदायका बालबालिकालाई काठमाण्डौमा रहेको इन्टेरियर प्वाइन्ट्स प्रालिले ट्रयाक सुट वितरण गर्यो ।

सबै विधार्थी ट्रयाक सुट पाएपछि खुशीले फुरुङ्ग भए । ती बालबालिकालाई बिद्यालयमा आकर्षण गराउन हौसला दिने उद्देश्यले ट्रयाक सुट बितरण गरिएको इन्टेरियर प्वाइन्ट्स प्रालिका कार्यकारी निर्देशक चन्द्रप्रसाद हुमागाईँले बताए ।

बिद्यालयमा आयोजित कार्यक्रममा वाल संरक्षण र मानव बेचविखनका सवालमा अभिमुखिकरण कार्यक्रम पनि गरिएको थियो ।

इन्टेरियर प्वाइन्ट्स प्रालि र सुनौलो शिक्षा नेपालको आयोजनामा शिक्षक अभिभावक तथा बालबालिकाबीचमा बाल संरक्षण तथा मानव बेचविखनका सवालमा अभिमुखिकरण तथा बिद्यार्थीहरुलाई ट्रयाक सुट वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

इन्टेरियर प्वाइन्ट्स प्रालिका कार्यकारी निर्देशक चन्द्रप्रसाद हुमागाईँको अध्यक्षता तथा मानव बेचविखन बिरुद्धका अभियन्ता तथा टिप हिरो २०१८ का विजेता सुनिता दनुवारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा काभ्रे जिल्ला समन्वय समितीका सदस्य सन्तनु केसि, पनौति वडा नं ८ का अध्यक्ष केसव बञ्जारा, बिद्यालय प्रधानाध्यापक उपेन्द्र हुमागाईँ लगायतकाले वोल्नु भएको थियो ।

कार्यक्रमको उदेश्यवारे बोल्नु हुँदै सुनौलो शिक्षा नेपालका जनसम्पर्क सल्लाहकार दिलिप कोईरालाले समुदायको समुन्नतीका लागि बाल संरक्षण अपरिहार्य भएको र बालबालिका माथिको लगानीमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दनुवारले आफु सानै उमेरमा बेचविखनमा परेको वताउँदै आफनो जिल्दगीको संघर्ष जस्तो कोहि वालवालिकाको जीवनमा जोखिमता नआओस् भन्दै एक जना जोखिमतामा रहेको बालिकालाई एक बर्ष सम्म पढाईका लागी आफुले सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरिन् ।

कार्यक्रमा इन्टेरियर प्वाइन्ट्सका प्रबन्ध निर्देशक हुमागाईँले आफुहरु व्यवसायी भएपनि वालवालिकाका सहयोगका लागी सदैब तत्पर रहेको बताए । कार्यक्रममा शक्ति समूहको समन्वयमा शक्ति समुहका संस्थापक समेत रहेकी सुनौलो शिक्षा नेपालका सल्लाहकार दनुवार, ईन्टेरियर प्वाईन्टसका हुमागाँई तथा सुनौलो शिक्षा नेपालका अध्यक्ष रामप्रसाद पण्डितले संयुक्त रुपमा बिद्यालय, जिल्ला समन्वय समिति वडा कार्यलय आदिलाई दनुवारको आत्मपरक जीवनी “आँशुको शक्ति” प्रदान गरियो ।

कार्यक्रममा ३९ जना वालबालिकालाई ट्रयाक सुट समेत प्रदान गरिएको सुनौलो शिक्षा नेपालका कार्यसमिति सदस्य तथा ईन्टेरियर प्वाईन्टस प्रालीका निर्देशक आशिष दुलालले जानकारी दिए ।


क्लिकमान्डु