नबिल बैंकले माग्यो सय जना कर्मचारी



काठमाडौं । नबिल बैंकले १ सय जनालाई रोजगारी दिने गरी आवेदन माग गरेको छ । विभिन्न जिल्लामा रहेको बैंकको शाखाका लागि कर्मचारीको माग गरिएको हो ।

बैंकले ट्रेनी असिस्टेन्ट १ सय जना कर्मचारी माग गरेको बैंकले जानकारी दिएको छ ।

न्यूनतम १२ कक्षा पास गरेका वा सोही बराबरको अध्ययन पूरा गरेकाहरुले आवेदन दिन पाउने बैंकले जनाएको छ । अंग्रेजी र नेपाली लेख्न बोल्न सक्ने २५ वर्ष नकटेका युवाहरुले आवेदन भर्न पाउने बैंकले कर्मचारी आवश्यकता सम्बन्धि सूचनामा उल्लेख गरेको छ ।

बैंकले अछाम, बैतडी, बझाङ, डडेलधुरा, डोटी, जुम्ला, कालिकोट, सुर्खेत, सल्यान र रुपन्देही लगायतका जिल्लामा रहेका शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक व्यक्तिले www.merojob.com/nabilbank मा गई आवेदनका दिन सक्नेछन् ।


क्लिकमान्डु