सेनाले माग्यो ९ जना पाईलट र १५ जना डाक्टर




काठमाण्डौ । नेपाली सेनाले ९ जना पाईलट माग गरेको छ । नेपाली सेनाले विभिन्न पदमा गरि ६५ जना माग गरेको छ ।

जंगी अड्डाले आज जारी गरेको सूचना अनुसार एम.बी.बी.एस. डाक्टर १५ जना । फार्मेसी २ जना । अकुपेशनल थेरापिष्ट १ जना । इलेक्ट्रिनकल इन्जिनियर १ जना । वेपनरी इन्जिनियर २ जना । सिभिल इन्जिनियर १ जना । मेकानिकल इन्जिनियर १ जना । छापाखाना १ जना । पाईलट ९ जना र लेखामा ३२ जना माग गरेको छ ।

जंगी अड्डाले भदौ १८ गतेसम्म दरखास्त दिन सकिने बताएको छ । भदौ २५ गतेसम्म डबल दस्तुर तिरेर फारम भर्न सकिनेछ ।

पुरुषको हकमा आवेदन दिने अन्तिम मिति सम्म २९ वर्ष ननाघेको हुनुपर्ने छ । महिलाको हकमा भने आवेदन दिने अन्तिम मितिसम्म ३० वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ ।


क्लिकमान्डु