सोमबार नेप्से परिसूचक घट्दा यी कम्पनीका लगानीकर्ताले ब्यहोरे घाटा



काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको दिन हो । साताको पहिलो दिन झिनो अंकले बजार बढ्ने संकेत देखा परेपनि दोस्रो दिनमा नै सो क्रमले निरन्तरता पाउन सकेन । परिसूचक ०.४४ अंकले घट्यो ।

सेयर बजार घट्दा सबैभन्दा धेरै घाटा सिटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ताले व्यहोरेका छन् । सो कम्पनीका लगानीकर्ता ९.५२ प्रतिशतले घाटामा गएका छन् ।

यस्तै, वोल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडका लगानीकर्ताले ६.७३ प्रतिशतले घाटा व्यहोरेका छन् भने जल विद्युत लगानी तथा विकास कम्पनीका लगानीकर्ताले ३.३८ प्रतिशतले घाटा व्यहोरेका छन् ।

साथै, राई र्याङ हाईड्रो पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ३.१२ प्रतिशतले घाटा व्यहोर्दा एसियन लाईफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २.८१ प्रतिशतले घाटा व्यहोरेका छन् ।

यसरी नै ज्योति विकास बैंकका लगानीकर्ताले २.०९ प्रतिशतले घाटा व्यहोरेका छन् भने सिटिजन म्यूच्यूअल फन्डका लगानीकर्ताले २.०४ प्रतिशतले घाटा व्यहोरेका छन् ।

वोमी फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले १.९६ प्रतिशतले घाटा व्यहोर्दा सिद्धार्थ इक्यूटी ओरेन्टेड स्किमका लगानीकर्ताले १.९६ प्रतिशतले घाटा व्यहोरेका छन् ।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थानका लगानीकर्ताले १.९२ प्रतिशतले घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु