मोरङ र रोल्पामा जनता बैंकको शाखा शुभारम्भ



काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले मोरङ र रोल्पा गरि दुई नयाँ शाखाबाट कारोवार सुभारम्भ गरेको छ ।

बिराटनगर महानगरपालिका वडा नं. २, तीनपैनीमा तीनपैनी शाखा र रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. ५, दुईखुलीमा दुईखुली शाखा शुभारम्भ गरिएको हो ।

थप शाखा समेत गरी जनता बैंकको देश भरीमा १२१ सञ्जालपुगेको छ । बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको र बैंकको हाल ५९ अर्ब ४२ करोड निक्षेप र ५४ अर्ब ८ करोड कर्जा कारोवार रहेको बिज्ञप्ति मार्फत जनाएको छ ।


क्लिकमान्डु