महालक्ष्मी विकास बैंकको मेहेन्दी कार्यक्रम



काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि. ले महिला ग्राहकका लागि पहिलोपटक मेहेन्दी कार्यक्रम २०७५ आयोजना गरेको छ ।

साउन १३ गते आइतबारबाट सञ्चालनमा आएको उक्त कार्यक्रम उपत्यकामा अवस्थित बैंकका विभिन्न ६ वटा शाखाहरुमार्फत साताभरि नै जारी रहने बताइएको छ ।

बैंकले सो कार्यक्रम राजधानी भित्रका बसुन्धारा, महाराजगञ्ज, बानेश्वर, कुमारीपाटी, सातदोबाटो, तथा दरबारमार्ग शाखाहरुमा पालैपालो गर्नेछ ।
यस कार्यक्रममा इच्छुक महिला ग्राहकहरुले आफुलाई पायक पर्ने शाखामा गई निःशुल्क रुपमा आर्कषक मेहेन्दी लगाउन सक्नुहुनेछ ।

बैंकले श्रावण महिनाको अवसर पारी नेपाली नारीहरुलाई लक्षित गर्दै हिन्दु संस्कृतीको जर्गेना गर्ने प्रयास स्वरुप उक्त कार्यक्रम गरेको हो ।

पहिलो दिनमै मेहेन्दी लगाउन आउनु हुने महिला ग्राहकको सकारात्मक प्रतिक्रिया बटुलेको महालक्ष्मी विकास बैंकले क्रमश: महाराजगन्ज, बानेश्वर, कुमारीपाटी, सातदोबाटो, तथा दरबारमार्ग शाखाहरुमा श्रावण १४ देखि श्रावण १८ सम्म सो कार्यक्रम सञ्चालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बिज्ञप्ति मार्फत जनाएका छन् ।


क्लिकमान्डु