गरिमा विकास बैंक र मुनाल बचतबीच ‘गरिमा रेमिट’ सञ्चालन गर्ने संझौता



काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र मुनाल बचत तथा ऋण सहकारी संस्थाबीच ‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

साउन १४ सोमबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखराको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद हुमागाँईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भुक्तानीगर्न तथा खातामा जम्मा बैंकका मुख्य प्रबन्धक सञ्जुप्रसाद जैसवालले बताए ।


क्लिकमान्डु