गाडी चढ्ने हो, यी हुन् नेपाली बजारमा पाइने कम मूल्यका गाडी



काठमाडौं । गत जेठ १५ मा आएको बजेटले एक हजार सिसीभन्दा बढी क्षमताका गाडीको मूल्य बढाएको थियो ।

बढी सिसी र महंगा गाडीको मूल्य बजेटमा बढाइएको अन्तशुल्ककको कारण १ करोडसम्म मूल्य बढेको थियो ।

सरकारले एक हजार सिसी क्षमताका गाडीको मूल्य बढाएको थिएन । जसले गर्दा १ हजारभन्दा कम सिसी क्षमताका गाडीको मुल्य खासै बढेको छैन ।

नेपाल अटोमोबाइल्स एशोसियन अफ नेपाल(नाडा)ले प्रकाशित गरेको सूचि अनुसार २० लाखभन्दा कम मूल्यमा विभिन्न कम्पनीका गाडीहरु उपलब्ध रहेका छन् ।

जसमा हुन्डाईका इओन डिलाइट १६ लाख ९६ हजार,हुन्डाई डिलाईट प्लस १७ लाख ९६ हजार र इओन इरा प्लस १८ लाख ९६ हजार रुपैयाँ मूल्य रहेको छ ।

यस्तै मारुती सुजुकीको अल्टो एसटिडी १६ लाख ३९ हजार तथा अल्टो एलएक्सआई १८ लाख ३९ हजार रुपैयाँ पर्छ ।
ड्याटसन गाडीका चारवटा मोडल २० लाखभन्दा कम मूल्यमा पाउन सकिन्छ ।

जसमा ड्याटसन रेडीगो०.८ डि १५ लाख २५ हजार यस्तै रेडिगो ०.८टि(ओ) १८ लाख ४५ हजार तथा रेडी गो०.८ एस १९ लाख २५ हजार रहेका छन् । ेडगी गो १.० टि(ओ) १९ लाख ९९ हजार रुपैयाँ रहेका छन् ।


क्लिकमान्डु