बिन्ध्यवासिनी हाइड्रोपावरले साधारण सेयर निष्काशन गर्दै, बिक्री प्रबन्धक नियुक्त



काठमाडौँ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ लाख कित्ता साधारण शेयर स्थानीय बासिन्दा तथा सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।

शेयर निष्काशन तथा बिक्रीसम्बन्धी सम्झौतापत्रमा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी र बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक भरतबहादुर पाण्डेले आज हस्ताक्षर गरे ।

उक्त कम्पनीले आयोजनास्थलका बासिन्दालाई १० लाख कित्ता र सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने सानिमा क्यापिटलले जनाएको छ ।


क्लिकमान्डु