शिवम् सिमेन्टको आइपीओ आजदेखि खुला



काठमाडौं । मकवानपुर जिल्लाका उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि शिवम् सिमेन्ट लिमिटेडले आजबाट साधारण सेयर (आईपिओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।

शिवमले सय अंकित दरमा प्रिमियम बापत २ सय थप गरी ३ सयको दरको सेयर निष्काशन गरेको हो । उद्योग प्रभावित क्षेत्रका बासिन्दाको लागि ८ लाख ८० हजार कित्ता सेयर बिक्री गर्न लागिएको हो । आगामी भदौ ११ गतेसम्म सेयर बिक्री खुल्ला रहने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापीटलले जनाएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म सेयर खरिदका लागि दरखास्त दिन पाउने छन् ।

मकवानपपुरको २८ स्थानबाट सेयर खरिदका लागि आवेदन दिने पाइने छ । सिद्धार्थ बैंक लिमिटेड , सांग्रिला डेभलपमेण्ट बैंक , महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, सिटिजन्स इन्टरनेशनल बैैंक, ग्लोबल आईएमई बैंक, ओम डेभलपमेण्ट बैंक, नेपाल बंगलादेश बैंक, सेञ्चुरी कमर्सियल बैंक, जनता बैंक लिमिटेड, बैंक अफ काठमाडौं लिमिटेड तथा एनआईसी एसिया बैंक मार्फत आवेदन बुझाउन सकिनेछ ।

साथै, सिअस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था मार्फतपनि आवेदन दिन सकिने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापीटलले जनाएको छ ।


क्लिकमान्डु