सेयरबाटै धनी बन्ने रहर छ ? त्यसो भए अपनाउन सक्नुहुन्छ यी उपायहरु




काठमाडौं । धनी बन्ने रहर कसलाई हुदैन र ? जति व्यस्त भएपनि मानिसहरुले धनी बन्ने सपना भने देख्न भ्याएकै हुन्छन् । तर, मनले चाहेर मात्र धनी बन्न सकिदैंन ।

केही तरिका बुझेर त्यसलाई आफ्नो जीवनमा प्रयोग गर्न सकियो भने पक्कैपनि धनी बन्न सकिन्छ । यसरी धनी बन्ने मौका भने हामीलाई सेयर बजारले दिइरहेको हुन्छ । सेयर बजारमा यस्ता बादशाह खेलाडीपनि भेटिन्छन् कि जस्को एक निर्णयले करोडौंको रुपैयाँको आम्दानी गर्न सक्छन् । धनीहरु पैसाको मामलामा सचेत रहन्छन् । यसरी सचेत हुनु नै धनी बन्ने संकेतपनि हो ।

डाँली खन्ना, आरके दमानी र राकेश झुनझुनवाला, यी ३ जना भारतका चर्चित लगानीकर्ताहरु हुन् । यी ३ जनाले जुुन कम्पनीको सेयर खरिद गर्छन्, प्रायः सो कम्पनी फाइदामा जान्छ । साथै, यी लगानीकर्ताले किनेको कम्पनीको सेयर किन्दा अन्य लगानीकर्ता समेत फाइदामा जाने गर्छन् । बजारलाई उनीहरुले गर्ने विचारले नै यस्तो हुने गर्छ ।

धनी बन्नका लागि राकेश झुनझुनवालाको सुझाव
राकेश झुनझुनवालालाई भारतको ठूला व्यवसायी तथा परोपकारी मानिन्छ । यसरी धनाढ्यमा कहलिनु पूर्व उनले सन १९८५ मा १२ हजार रुपैयाँको सेयर किनेर बजारमा प्रवेश गरेका हुन् । सबैभन्दा पहिले झुनझुनवालाले टाटाको सेयर किनेका थिए । सन १९८६ मा टाटा टी को ५ हजार कित्ता सेयर मार्फत उनले ५ लाख नाफा आर्जन गरेका थिए । उनले अपनाउने त्यस्ता तरिकाले आज उनी भारतको धनी व्यक्तीको सूचीमा उच्च स्थानमा रहन सफल भएका छन् ।

राकेश झुनझुनवाले अपनाउने केही तरिकाहरु:
सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताले आफैं प्रति विश्वास गर्नु आवश्यक हुन्छ ।

मौका चिनेर मात्र पैसा लगानी गर्नुपर्छ, लगानी उठाउने सही बेलाको बारेमा समेत लगानीकर्ता चनाखो रहनुपर्छ ।

लगानी मै खुशी हुने भन्दापनि कसरी फाइदा हुन्छ भन्नेमा लगानीकर्ताको ध्यान जानुपर्छ ।

थोरै सेयरमा नजर अन्दाज गरेर मात्र समय बर्बाद पार्नु हुन्न ।

बजारमा खडेरी लाग्दा पोर्टफोलियोमा ध्यान पुर्याउनु वेस मानिन्छ ।

सेयरको मूल्य घट्यो भन्दैमा बेच्न हतार गर्नु हुन्न ।

दैनिक आफ्नो पोर्टफोलियो कम्तीमा पनि २ पटक चेक गर्नुपर्छ ।


क्लिकमान्डु