नेपालका अनौठा रैथाने धानः मार्सी, लैला-मजनुदेखि मोही तल्सिङसम्म




हाइ झुल्यो मार्सी धानको खेत
सललल बग्दै आयो इन्द्रावती भोटेकोशी
साइला  ! दोलालघाटमा पर्यो जम्काभेट…।

नवराज घोरासैनी र भगवति दंगालले २०६२/६३ सालतिर गाएको पुरानो काँठेभाकाको लोकगीत हो यो । सिन्धुपाल्चोक मेलम्ची स्थायी घर भएका घोरासैनीले लय संकलन गरेको यो गीतको शब्द संकलन उनका भाइ विदुर घोरासैनीले गरेका थिए ।

तत्कालिन समाजका चलेका रितिरिवाज, चलन प्रचलन, ठाँउ, परिवेश, परिस्थिति, प्रकृति, मान्यता, संस्कार जस्ता विषय लोकगीतको गेडामा समावेश हुन्छ । यो गीतमा समावेश भएको ‘हाइ झुल्यो मार्सी धानको खेत, सललल बग्दै आयो इन्द्रावती भोटेकोशी’ गेडा हो । यो गीतको गेडामा पनि ‘हाइ’लाई फूर्काको रुपमा प्रयोग गरिएको छ । यसले खास माने दिदैन । अर्थात गीतको माध्यमबाट उसले के भन्न खोजिरहेको छ भन्ने थाहा हुदैन । ‘साइला ! दोलालघाटमा पर्यो जम्का भेट’ भन्ने वाक्यांशले कुरा प्रष्ट हुन्छ ।

‘हाइ झुल्यो मार्सी धानको खेत, सललल बग्दै आयो इन्द्रावती भोटेकोशी’ गेडा हो । यसले खास माने दिदैन । अर्थात गीतको माध्यमबाट उसले के भन्न खोजिरहेको छ भन्ने थाहा हुदैन । ‘साइला ! दोलालघाटमा पर्यो जम्का भेट’ भन्ने वाक्यांशले कुरा प्रष्ट हुन्छ ।

काँठेभाका खासगरी काठमाडौं उपत्यकाको काँठ क्षेत्र र नजिकका जिल्लाहरुमा गाइने लोकभाका हो । हामी यहाँ कुनै लोकभाका वा त्यसका अंगको ब्याख्या गर्न लागिरहेका होइनौं । त्यो लोकगीतमा समावेश भएको ‘मार्सी धानको खेत’ र त्यसमा पनि ‘मार्सी धान’ सहित नेपालका अन्य रैथाने धानको बारेमा केही खोजिनीति हाम्रो प्रयास हो ।

धानविज्ञ भोलामानसिंह बस्नेतका अनुसार मार्सी धानको खास क्षेत्र भनेको जुम्ला हो । त्यसो भए सिन्धुपाल्चोक मेलम्चीका विदुर घोरासैनीले ‘मार्सी धानको खेत’ कसरी प्रयोग गरे त ?

‘कला साहित्यले अलौकिक (दुनियामा नभएको केबल कल्पना मात्रैको) कुरा पनि गर्छ, मार्सी धान लौकिक (मानिसले देख्न, छुन वा महसुस गर्न सक्ने) कुरा मात्रै होइन, हाम्रै देशको भूभागमा फल्ने धान हो, हाम्रा शासकवर्गले खाने भनेर मार्सी पहिलादेखि नै चर्चामा थियो, त्यसैले यो गीतमा मार्सी धान प्रयोग भएको हो,’ सो गीतका लय संकलक तथा गायक नवराज घोरासैनी भन्छन् ।

मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात ख्वाएपछि अहिले जहाँसुकै ‘मार्सी चर्चा’ छ । तर, काठमाडौंले वा भनौं पूरै नेपालले यसअघि पनि गीतको माध्यमबाट पनि मार्सी नसुनेको भने होइन रहेछ ।

प्रसाईले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई ख्वाएपछि मार्सी चामल चर्चामा आयो । के मार्सी धान जस्तै महत्व बोकेका अरु रैथाने धान नेपालमा छैनन् त ? यसै विषयमा खोजी गर्ने प्रयास गरेका छौं । बरिष्ठ धान बाली विशेषज्ञ भोलामानसिंह बस्नेतका अनुसार मार्सी धान नेपालको जुम्लामा विश्व कै उच्च स्थान फल्ने धान हो ।

धानविज्ञ भोलामानसिंह बस्नेतका अनुसार मार्सी धानको खास क्षेत्र भनेको जुम्ला हो । त्यसो भए सिन्धुपाल्चोक मेलम्चीका विदुर घोरासैनीले ‘मार्सी धानको खेत’ कसरी प्रयोग गरे त ?

जसरी नेपाल विश्वकै सर्वोच्च शिखर सगरमाथा भएको देश र गौतम बुद्ध जन्मिएको देश भनेर विश्वभर प्रख्यात छ, त्यसैगरी विश्व कै सर्वोच्च स्थानमा मार्सी धान फल्ने देश पनि नेपाल हो भनेर चिनाउनु पर्ने धानबाली विशेषज्ञ बस्नेतले बताए ।

मार्सी धानको विशेषता
मार्सी धान समुद्री सतहभन्दा १० हजार फिटको उचाईमा फल्छ, यो धानको खेती नेपालको उच्च हिमाली जिल्ला जुम्लामा हुन्छ । विशेषज्ञ बस्नेतका अनुसार जुम्लामा फल्ने यो धान विगतमा राणा शासकहरुले काठमाडौं ल्याएर खान्थे ।

‘यो धानको चामल रातो हुन्छ, भात पकाउँदा हल्का गिलो हुन्छ, यसमा प्रोटिनको मात्रा बढी हुन्छ, मार्सी चामलको भात खाँदा चाँडो भोक लाग्दैन, आडियो हुन्छ,’ धानबाली विशेषज्ञ बस्नेत भन्छन् ।

जुम्लामा मार्सी धानको बिउ चन्दननाथ बाबाले भारतको कास्मिरबाट ल्याएका थिए । उनले ल्याएको सो धान जुम्लाको छुमचौरमा पहिलो पटक लगाइएको थियो ।

यो धान चैतमा रोपेर कात्तिकमा काटिन्छ । जुम्लामा मार्सी धानको बिउ चन्दननाथ बाबाले भारतको कास्मिरबाट ल्याएका थिए । उनले ल्याएको सो धान जुम्लाको छुमचौरमा पहिलो पटक लगाइएको थियो ।

स्थानीय मानिसहरुले मार्सी धान रोप्ने बेला युवाहरु घरमा भएनन् भने उनीहरुको मृत्यु भए सरह मान्ने गरेको धानबाली विशेषज्ञ बस्नेत बताउँछन् । चन्दननाथ बाबाको मन्दिर जुम्लामा छ । मेडिकल शिक्षामा सुधारका लागि जुम्ला पुगेर अनशन बसेका डा. गोबिन्द केसीको स्वास्थ्य स्थिति एकदमै कमजोर भयो र उनलाई जतिबेला जे पनि हुन सक्छ भनिएकै बेलामा उनले ‘म चन्दननाथ बाबाको शरणमा छु, मलाई केही हुदैन’ भनेका थिए ।

रैथाने जातका अरु धान
बरिष्ठ धानबाली विशेषज्ञ बस्नेतका अनुसार पोखरामा जेठो बुढो जातको धान पाइन्छ । यो धानको चामल खान मीठो, बास्ना आउने खालको हुन्छ ।

कास्की जिल्लाको छोन्द्रुङ भन्ने ठाउँमा छोन्द्रुङ जातको धान लगाइन्छ । यो धान चिसो मौसममा हुने धान हो । खानमा मिठो हुन्छ । छोन्द्रङ जातको धानको बिउ भूटानमा लगेर रोपिएको छ । त्यहाँ नेपालको यो रैथाने धान लोकप्रिय रहेको बस्नेत बताउँछन् । यो धान ५ हजारदेखि साँढे ५ हजार फिट उचाईँमा फल्छ ।

त्यसैगरी, दाङ जिल्लामा तिल्की जातको रैथाने धान पाइन्छ । यो धानमा गर्मी सहने क्षमता हुन्छ । यो धानको चामल पनि खान मिठो हुन्छ । बजार भाउ पनि बढी छ । पाहुना आउँदा मानमनितो साथ तिल्की चामलको भात खुवाउने स्थानीय प्रचलन छ ।

छोन्द्रङ जातको धानको बिउ भूटानमा लगेर रोपिएको छ । त्यहाँ नेपालको यो रैथाने धान लोकप्रिय रहेको बस्नेत बताउँछन् ।

डोटी जिल्लामा जोरायलो बास्मति नामको रैथाने धान पाइन्छ । यो धानले भने चिसो सहने क्षमता राख्छ ।

त्यस्तै, तराईका जिल्लाहरुमा कालानमक जातको रैथाने धान पाइन्छ । यो धानले गर्मी सहन्छ । धानको बोक्रा कालो र चामल भने सेतो हुन्छ ।

सप्तरी जिल्लामा विशेष गरी चननचुर जातको रैथाने धान छ । यसले पनि गर्मी सहन्छ । खान मिठो हुन्छ । स्थानीयवासीले आफूले खान र पाहुनाहरुलाई खुवाउन मात्र यो धान लगाउँछन् । यसको व्यवसायिक खेती भने त्यतिबिधि गरिंदैन ।

त्यसै, तराई क्षेत्रमा लगाइने अर्को रैथाने धान हो लल्काबास्मति पनि हो । यो धानको बोक्रा रातो र चामल भने सेतो नै हुन्छ । यो धानको चामल पनि खान मिठो हुन्छ ।

तराई क्षेत्रमा लगाइने अर्को रैथाने धान हो लल्काबास्मति पनि हो । यो धानको बोक्रा रातो र चामल भने सेतो नै हुन्छ । यो धानको चामल पनि खान मिठो हुन्छ ।

अर्को रैथाने जातको धान तल्सिन मोही हो । यसलाई गमडी जातको धान पनि भनिन्छ । यो धानको बाला निस्कदैन, धानको बोटको डाँठ भित्रै फल्छ । यो धानको चामल पनि खान मिठो हुन्छ ।

तल्सिन मोही जातको धानको अनौठो किंबदन्ती पनि रहेछ । मोहीले धानखेती गर्ने र तल्सिनले आएर सबै लगिदिने गरेपछि मोही समस्यामा परेछ । बर्षभरी धानखेती गर्यो तर खाने बेलामा तल्सिनले सबै लगिदिने । यस्तो भएपछि उसले नयाँ धानको खोजी गरेछ । यस्तैमा तल्सिन मोही धान भेटिएछ ।

मोहीले धानखेती गर्ने र तल्सिनले आएर सबै लगिदिने गरेपछि मोही समस्यामा परेछ । बर्षभरी धानखेती गर्यो तर खाने बेलामा तल्सिनले सबै लगिदिने । यस्तो भएपछि उसले नयाँ धानको खोजी गरेछ । यस्तैमा तल्सिन मोही धान भेटिएछ ।

यो धान भेटेपछि मोहीले खेतभरी त्यही धान लगाएछ । तल्सिन आएर हेर्दा खेतभरी धानको बोट टन्न छ तर बाला लागेको छैन । अनि धान फलेनछ भनेर तल्सिन फर्किदो रहेछ । तल्सिन फर्केपछि मोहीले डाँठभित्रबाट धान निकालेर आफ्नो र परिवारको खाद्यान्नको ब्यवस्था गर्न थालेछ । यसपछि नै यो धानको नाम तल्सिन मोही राखिएको किंवदन्ती रहेको बस्नेत बताउँछन् ।

तराईका जिल्लामा लैलामजनु जातको रैथाने धान पनि पाइन्छ । यो धानको एउटा दानामा २ वटा चामक फल्छ । योपनि खान मिठो हुन्छ । एउटै गेडामा दुई दाना चामल हुने भएकोले यो धानको नामै लैलामजनु राखिएको बस्नेतको भनाइ छ ।

यही लोककथालाई आधार मान्दै एउटै गेडाभित्र दुइटा चामल हुने जातको धानलाई लैलामजनु भनिने गरिएको रहेछ ।

लैला मजनु भारतको लोकप्रिय लोककथा हो । लैला केटी हो भने मजनु केटा हो । धनी परिवारमा जन्मेकी लैला र गरिब परिवारमा जन्मेको मजनुको प्रेम विवाहमा परिणत हुन पाउदैन । लैलाको प्रेममा मजनु त्यसै भौतारिने मात्रै हुदैन, अन्त्यमा पागल भएर सडकमै मर्छ पनि । यही लोककथालाई आधार मान्दै एउटै गेडाभित्र दुइटा चामल हुने जातको धानलाई लैलामजनु भनिने गरिएको रहेछ ।

नेपालमा प्रचलित अर्को रैथाने जात जंगली धान पनि हो । यो धान विशेष गरी वेगनास ताल, जगदीशपुर ताल जस्ता तालतलैयामा फल्ने गर्छ । यो धानलाई जस्तो कुनै पनि रोग नलाग्ने धानबाली विशेषज्ञ बस्नेत बताउँछन् ।

काठमाण्डौ उपत्यकाका रैथाने धानमा थापा चिनी, मनसरा जातका धान पर्छन् । यी धान खान मिठो हुन्छ । किसानहरुले यी रैथान धान रोप्न बिस्तारै छोड्दै गएका छन् । यस्तै धेरै पहिला काठमाडौं उपत्यकामा मार्सी धान लगाउने गरिएको र सो धान लोपभइसकेको आफूले सुने पनि थप जानकारी नरहेको बस्नेतले बताए ।

काठमाण्डौं उपत्यकामा कोरियाबाट बिउ ल्याएर कालो धानको खेती गर्ने गरेको पाइन्छ । यो धानको चामल कालो हुन्छ । यो धानको चामलले औषधीको काम गर्छ । प्रेसर र सुगर रोगका बिरामीले यो धानको भात खाँदा फाइदा गर्छ । तर, यो कालो चामल थैरै मात्रामा अरु सेनो चामलमा मिसाएर पकाउनु पर्ने हुन्छ । पूरै कालो चामलको भात नखानु भनिन्छ ।

कोरियाबाट बिउ ल्याएर कालो धानको खेती गर्ने गरेको पाइन्छ । यो धानको चामल कालो हुन्छ । यो धानको चामलले औषधीको काम गर्छ । प्रेसर र सुगर रोगका बिरामीले यो धानको भात खाँदा फाइदा गर्छ ।

अर्को, रैथाने धान हो अनधी । यो धानलाई पनि औषधीको गुण भएको धानको रुपमा लिइन्छ । विशेष गरी बिरामीहरुलाई यो धानको भात ख्वाउँदा फाइदा गर्ने धानबाली विशेषज्ञ बस्नेतले बताए । यो धान कास्की जिल्लामा लगाइने गरेको र तराईका केही जिल्लामा पनि यो धान लगाउने गरिएको छ ।

नेपालमा ३ हजार जातका रैथाने धान
वरिष्ठ धानबाली विशेषज्ञ बस्नेतका अनुसार फिलिपिन्समा अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (आइआरआरआई) छ । जहाँ संसारभरका १ लाख ४० हजार प्रकारका धानको जीन संकलन गरेर राखिएको छ । तीमध्ये १ लाख १७ हजार प्रकारका बिउका जीन भने रैथाने धानका छन् । त्यहाँ नेपालका ३ हजार रैथाने धानका बिउ संकलन गरेर राखिएको छ ।

नेपालबाट किन हराउँदैछन् रैथाने धान ?
नेपालमा १४ हजारदेखि १५ हजार हेक्टर जमिनमा धान खेती हुन्छ । यी खेतमा ९६ प्रतिशत उन्नत धानका बिउ रोपिन्छ भने ४ प्रतिशतमा मात्र रैथाने धानका बिउ रोपिन्छ । रैथाने धानका बिउ कम फल्ने र उन्नत जातका बिउ धेरै फल्ने भएर किसानले रैथाने जातका धान लगाउन बिस्तारै कम गर्दै गएको विशेषज्ञ बस्नेत बताउँछन् ।

रैथाने जातका धानका बिउमध्ये कसैले चिसो सहन्छन् भने कसैले अत्याधिक गर्मी सहन्छन् । तर, उन्नत जातका बिउले धेरै चिसो र धेरै गर्मी कुनैपनि सहन सक्दैनन् । र, खडेरी पर्यो भने उन्नत जातका बिउ सबै मासिने खतरा रहन्छ । त्यसकारण पनि रैथाने जातका धानलाई भविश्यका लागि खाद्य सुरक्षाको बीमाका रुपमा लिइन्छ ।

नर्वेमा विश्व कै ठूलो बिउ बैंक
नेपाल सरकार, कृषि मन्त्रालय अन्तरगतको कृषि विभाग र कृषिबाली अनुसन्धान केन्द्र नार्कमा ३७ वर्ष कार्य गरी हाल सेवा निबृत्त ६९ बर्षीय बरिष्ठ धानबाली विशेष बस्नेतका अनुसार नर्वेको इजवालमा विश्व कै सबैभन्दा ठूलो खाद्यबालीहरुको जीन राख्ने बैंक छ । जहाँ संसारभरका ५०–५५ लाख प्रजाति खाद्यबालीको जीन संकलन गरेर राखिएको छ । जुन जीन बैंक ३४ मिलियन डलरको लागतमा निर्माण गरी सञ्चालनमा रहेको छ ।


क्लिकमान्डु