पञ्चकन्याको माईको आइपिओ १ लाख १०० जनाले पाए १० कित्ता सेयर



काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरको सार्वजनिक निष्कासन(आइपिओ)मा १ लाख १०० आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् ।

४६ हजार २८९ जना आवेदकले सेयर पाउन सकेनन् । आइपिओमा १ लाख ४६ हजार २८९ जनाले आवेदन दिएका थिए ।

पञ्चकन्याले साउन १ देखि गतेसम्म ११ लाख कित्ता आइपिओ प्रतिकित्ता एक सय रुपैयाँको दरले बिक्री गरेको थियो ।

जसमा ४ प्रतिशत कम्पनीका कर्मचारीलाई,५ प्रतिशत सामुहिक लगानी कोष तथा बाँकी सेयर सर्वसाधारणको लागि छुट्याइएको थियो ।

कम्पनीले इलाम जिल्लामा १२ मेगावाटको अपर माई जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यसैगरी, ६।१ मेगावाटको अपर माई ‘सी’ आयोजना पनि निर्माणाधीन छ ।


क्लिकमान्डु