निक्षेपको ब्याज मात्र खान पल्केका म्युचुअल फण्डलाई बोर्डले थाल्यो कारवाहीको डण्डा
काठमाडौं । बैंकमा मुद्दती निक्षेपमा पैसा राखेर ब्याज खान पल्केका म्युचुअल फण्डलाई धितोपत्र बोर्डले स्पष्टिकरण सोधेको छ ।
सामूहिक लगानी कोष नियमावलीमा कुल सम्पत्तीको १० प्रतिशतमात्र बैंकको निक्षेप राख्नुपर्ने व्यवस्था छ ।
तर,तरलता अभाव भएपछि बैंकको ब्याजदर बढ्न थाल्यो । म्युचुअल फण्डले सेयरमा लगानी गर्नुको साटो सजिलै आम्दानी हुने बैंकको ब्याजदरमा लगानी गरेका थिए ।
१० प्रतिशतको सिमा तोकिएको भन्दै बोर्डले विभिन्न म्युचुअल फण्डलाई किन कारवाही नगर्ने भन्दै स्पष्टिकरण सोधेको छ ।
यसरी स्पष्टिकरण सोधिने म्यचुअल फण्डमा सिबिआएल क्यापिटलले संचालन गर्ने सिटिजन म्युचुअल फण्ड १,एनएमबि क्यापिटल अन्र्तगतको एनएमबि सुलभ इन्भेष्टमेन्ट १ र एनएमबि हाइब्रिड फण्ड १ रहेका छन् ।
यस्तै लक्ष्मी क्यापिटलले संचालन गर्ने लक्ष्मी इक्वीटी फण्ड लक्ष्मी भ्यालु फण्ड तथा एनआईसी एशिया क्यापिटलले संचालन गर्ने एनआईसी एशिया ग्रोथ फण्ड रहेका छन् ।
बोर्डले १५ दिनभित्र नियममा तोकिएको भन्दा बढी रकम बैंकको निक्षेपमा राखेको विषयमा लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।