३.१५ अंकले घट्यो नेप्से, १९ करोडको कारोबार



काठमाडौं । साताको पाँचौ दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक ३.१५ अंकले घटेको हो । ०.२६ प्रतिशतको कारोबार हुँदा नेप्से परिसूचक ११९१ दशमलव २० बिन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १६३ कम्पनीले कारोबार गरे । ७ लाख ९२ हजार ५५ कित्ता सेयर किनबेच हुँदा १९ करोड ३० लाख २८ हजार १ सय २४ रुपैंयाको कारोबार भएको छ ।

आज होटलको मात्र परिसूचक हरियो रहेको र ४४.५४ अंकले बढेको छ । बैंक १.४४, विकास बैंक १.९८, जलविद्युत १४.७९, वित्तीय २.६८, निर्जीवन बीमा २७.१७, अन्य ०.५६, माईक्रोफाईनान्स १५.१६, जीवन बीमा ४९.०८ अंकले घटेका छन् । उत्पादनमूलक समूहको भने परिसूचकमा अंक शून्य रहेको छ ।

जानकी फाईनन्स लिमिटेडका लगानीकर्ताले ५.२९ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । साथै, कन्काई विकास बैंकका लगनीकर्ताले ४.५४ प्रतिशतले सबैभन्दा धेरै गुमाएका छन् ।


क्लिकमान्डु